दिउँसो १२ बजे सुन्धाराबाट बृहत जुलुस, खुलामञ्चमा आमसभा हुँदै

शनिबार, ९ बैशाख २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बृहत जनसभा हुने भएको छ । पार्टी स्थापनाको ७५ औं बर्षगाँठको अवसरमा विप्लव नेतृत्वको नेकपाले आज काठमाडौ सहित देशभर पर्वको रुपमा मनाउँदै छ ।

नेपाल कम्युनिस्ट पार्टीले काठमाडौको खुलामञ्चमा जनसभासहित झाकी प्रदर्शन, जुलुस लगाएत विभिन्न क्रियाकलाप गरि पर्व मनाउन लागेको हो। काठमाडौको खुलामञ्चमा हुने कार्यक्रम दिउँसो १२ बजे सुन्धाराबाट जुलुस सुरु गरि खुलामञ्चमा सभामा परिणत हुने बताईएको छ।

जनसभामा नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा महासचिव विप्लव, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, बाबुराम भट्टराई, नेकपा उपाध्यक्ष कृष्ण बहादुर महरा, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, माओवादी कम्युनिस्ट पार्टीका महासचिव शुसिल लगाएतका बक्ताहरुले सम्बोधन गर्नेछन।