बृहत जनसभा सुरु

शनिबार, ९ बैशाख २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बृहत जनसभा सुरु भएको छ । सभाको नेकपा प्रबक्ता प्रकाण्ड सीले सुरु गरेका छन् ।

जनसभामा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर मोहरा लगायतको उपस्थिति रहेको छ ।

पार्टी स्थापना भएको ७५ औं बर्षको अवसरमा नेकपाले बृहत जनसभाको आयोजना गरेका छ । सुनधारबाट सुरु भएको ¥याली जनसभामा परिणत भएको हो ।