सहिद तथा बेपत्ता यौद्धाहरुको उद्येश्य पूरा गर्न नसकेकोमा बाक्क दिक्क लागेको छः एकराज भण्डारी
काठमाडौं— जनयुद्धका बेपत्ता यौद्धा विपिन भण्डारीका बुवा बरिष्ठ अधिवक्ता एकराज भण्डारीले सहिद तथा बेपत्ता यौद्धाहरुको उद्येश्य पूरा गर्न नसकेकोमा बाक्क दिक्क लागेको बताए । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले जनयुद्ध लडेर आएकाहरु सिंहदरबार पुगेर हराएकोमा दुःख लागेको बताए ।
२०७२ सालमा बनेको संविधानले जनताको अपेक्षा पूरा नगरेको भन्दै यसले दलालहरुको सेवा गरेको बताए । ‘पहिला राजाहरुले निमुखा, निहत्या जनताको निर्ममतापूर्वक हत्या गर्ने गरेको थियो । जनतामाथिको थिचोमिचो अन्त्य गर्ने उद्येश्यसाथ सुरु भएको जनयुद्ध लडेकाहरु सिंहदरबारमा पुगे ।’, सभालाई सैबोधन गर्दै उनले भने, ‘उनीहरुले बनाएको संविधान पनि उनीहरुको भएन । जनताको भएन । यो दलालहरुका संविधान भयो ।’
सबै कम्युनिस्ट पार्टीहरु एक हुन आवश्कता औंल्याउँदै उनले त्यो एकता जनताको लागि हुनपर्ने बताए । ‘हामी एकताको कुरा गछौं । एकता आवश्यक छ । तर त्यो एकता सिंहदरबार तिर फर्केर होइन, त्यो एकता जनताको पक्षमा, जनतातीर फर्केर एकता गरौँ।’, उनले भने, ‘सिंहदरबारका लागि भएको एकता स्वार्थको एकता हो । त्यसले जनताका लागि केही पनि गर्न सक्दैन ।’
जनयसद्धको मुख्य नेता टाउकाको मूल्य तोक्नेसँग सहकार्य गरिरहेकोप्रति आपत्ती जनाए । ‘तपाईंले हामीले जनयुद्धको समयमा सिकाएर माक्सवाद यही हो र, तपाईं हामीले पढाएको सिद्धान्त यही हो र रु’, उनले भने, ‘सिद्धान्तमा च्युत हुनु भनेको जनतालाई धोका दिनु हो । तपाईंले जनतालाई ठूलो धोका दिनु भएको छ ।’