तनहुँ १ मा जम्मा ५१.७० प्रतिशत मात्र मत खस्यो

आइतबार, १० बैशाख २०८०

काठमाडौँ –  तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१।७० प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४।३६ प्रतिशत मत खसेको थियो ।