उपनिर्वाचन सम्पन्न भयसँगै मतगणना आजैबाट सुरु हुने

आइतबार, १० बैशाख २०८०

काठमाण्डौँ – तनहुँ,१ र चितवन,२ मा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भयसँगै मतगणना आजैबाट सुरु हुने भएको छ ।

निर्वाचन प्रमुख दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु गर्न निर्देशन दिएकोृ बताएका छन् ।

तीन वटै क्षेत्रका सबै बुथको मतपेटिका संकलन सकेर मतगणना सुरु गर्न उनले निर्देशन दिएका हुन् । बारामा छिट्टै नै मतगणना सुरु हुनेछ भने तनहुँ र चितवनको सबै मतपेटिका संकलन हुँदा रातिको ११ बज्ने उनले बताएका छन ।

थपलियाले आफूले आजैबाट गणना गर्न भनेको तर प्राविधिक कारणवश ढिला भएमा भोलि बिहानबाटै सुरु हुने बताए । पर्सिसम्ममा सबै मतपरिणाम आइसक्ने उनको दाबी छ ।

निर्वाचन आयोगका अनुसार चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत मात्र खसेको छ । बाराको विवरण भने आउन बाँकी नै छ ।