अग्रज नेताहरुको योगदानका बारेमा प्रचारप्रसार गर्न आवश्यकः देउवा

सोमबार, ११ बैशाख २०८०

काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरूको योगदानका बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार भक्तपुरमा कांग्रेसका अग्रज नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । उनले अग्रज नेताहरूले मुलुकको परिवर्तनका लागि धैरै योगदान दिएकाले उनीहरूको बारेमा पार्टीका नेता कार्यकर्ताहरूले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

देउवाले जगन्नाथ आचार्य जुझारु नेताको रूपमा परिचित रहेको र उनले किसानको क्षेत्रमा गरेको योगदान गरेको स्मरण गरे । नेपाल किसानको देश रहेकाले कृषिमा आधारित अर्थतन्त्र रहेकाले किसानको पक्षमा आवाज सबैले उठाउनुपर्ने देउवाको भनाइ छ ।