महानगरपालिकाले १५ दिनपछि सिंहदरबारको फोहोर उठाउदै

सोमबार, ११ बैशाख २०८०

 

काठमाण्डैँ – १५ दिनपछि काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाएको छ। सर्वोच्च अदालतले शुक्रबार आदेशदिएपछि महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर व्यवस्थापनको जिम्मा लिएको परिवर्तन नेपालका व्यवस्थापक मित्र घिमिरेलाई आज फोहोर उठाउन निर्देशन दिएका थिए।

महानगरपालिकाका मेयर बालेनको निर्देशनपछि सिंहरदरबारको फोहोर उठाउन थालिएको भण्डारीले जानकारी दिए।

उनले भने, आज सिंहदरबारको फोहोर मात्रै उठाउने छौं । सिंहदरबारको फोहोर दिउँसोदेखि उठाउन थालेका हौं । अन्य ठाउँको फोहोर भोलि मात्रै उठाउँछौं ।

उनले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर भोलि मात्रै उठ्ने बताए। १५ दिनदेखि नउठाइएकाले सिंहदरबारमा धेरै फोहोर जम्मा भएको बताए।

धेरै दिनदेखि फोहोर नउठेको कारण झन्डै २५ टन फोहोर बञ्चरे डाँडा लग्नुपर्ने बताएका छन । आज राति आठ बजेसम्म सिंहदरबारको फोहोर उठ्ने छ ।