मतदाताको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैनः वाग्ले
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले मतदाताको स्नेह, विश्वास र भरोसालाई कदापि डगमगाउन नदिने कुरा बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले सो कुरा बताएका हुन् । उनले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको पनि ताएका छन्। ‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ वाग्लेले भने। सांसद वाग्लेले आजै सांसदको शपथ लिएका हुन् । उनले वैशाख १० को उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद पनि दिए ।