केपी ओली र माधव नेपाल एकै ठाउँमा
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै ठाउँमा भएका छन्।
पार्टी फुटपछि सार्वजनिक कार्यक्रमहरुमा एउटै मंच शेयर गर्न समेत हिच्किचाउने ओली र माधव नेपाल प्रतिनिधिसभा अन्तर्गत रहेको एउटै विषयगत समितिमा रहने भएका हुन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत समितिमा रहने सांसदहरुको नाम स्वीकृत गरेको छ। जुन समिति अन्तर्गत ओली र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य भएका छन् । यसअघि नेता नेपाल भने सोही समितिमा रहेका थिए ।