एकीकृत क्रान्ति नेपाली मौलिकतामा आधारित नयाँ प्रयोग होः प्रवक्ता प्रकाण्ड
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र माओवादको नेपाली मौलिकता र बिशेषतामा आधारित नयाँ प्रयोग र नयाँ आयाम भएको बताएका छन।
सोमबार १ सय ३४ औं अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन। प्रवक्ता प्रकाण्डले भने “एकीकृत क्रान्तिको कार्यदिशालाई नेपाली क्रान्तिको ठोष परिस्थितिमा प्रयोग गर्दै जादा एकातिर नयाँ संभावना र संकटहरु देखा परिरहेका छन त्यसको समाधान र जनताको मुक्तिको चाहाना जनतामा छ। उनले भने (अर्कोतिर साम्राज्यवाद र दलाल पुँजीवाद मुख्य खतराको रुपमा अगाडि आईरहेको छ ,यी सबै कुरालाई ध्यान दिएर नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता छ।त्यो ऐतिहासिक दायित्वको पछिल्लो कडी र पहलकदमी नै कम्युनिस्ट पार्टीहरु बिचको एकता र ध्रुवीकरण हो।”