नेपालले के जितेको हो भन्नेमा प्रधानमन्त्री अनभिज्ञ

मंगलबार, १९ बैशाख २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई बधाई दिए तापनि नेपालले के जितेको हो भनेर अनभिज्ञ देखिएका छन् । मंगलबार नेपालले यूएईमाथि सात विकेटको जीत हासिल गरेको हो ।

प्रधानमन्त्री दाहालले एक ट्वीट गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । उनले खेलाडीहरुको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ‘एसिया कप विजेता’ नेपाली टोलीलाई बधाई दिएका छन् । यद्यपि, आज नेपालले एसिया कप जितेको भने होइन, आजको जीतपछि नेपालले एसिया कपमा स्थान बनाएको हो ।