वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

बुधबार, २० बैशाख २०८०

काठमाडौं— सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्। संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।