राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश जारी

बुधबार, २० बैशाख २०८०

काठमाडौं— सरकारले ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गरेका छन्।

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ राष्ट्रपति पौडेलले गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याजीपीडितको समस्या समाधान गर्न कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो। सोसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो। सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्नका लागि आयोगसमेत बनाएको थियो।