घरबाट बेपत्ता भएको एक दिनपछि कर्णाली नदीमा मृत फेला

शुक्रबार, ८ भाद्र २०७५

भदौ ८, लम्की – बिहीबार बाट बेपत्ता भएकी लम्कीचुहा नगरपालीका वडा नम्बर १ की ७५ वर्षिय सुनकला बडुवाल शुक्रबार मृत अवश्थामा फेला परेकी छन । बिहीबार साझ घरमा सामान्य विवाद पछि मर्छु भनी निस्केकी बडुवाल कर्णाली नदीको किनारमा मृत अवश्थामा फेला परेकी हुन । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र खत्रीले  जानकारी दिनुभएको छ ।