राष्ट्रपति पौडेलले गरे दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको जानकारी दिएका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।