सत्ता गठबन्धनको बैठक: रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल

बुधबार, २० बैशाख २०८०

काठमाडौं- सत्ता गठबन्धनको बालुवाटारमा जारि बैठकमा आगामी वर्षको बजेट र रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको बुझिएको छ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आगामी वर्षको बजेट र रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको बुझिएको हो ।

उनले भने, ‘बजेटको प्राथमिकता र सिद्धान्त तोक्नका लागि सरकारले आधारपत्र तयार गर्छ। सरकारको नीति तथा कार्यक्रममा पनि त्यसरी नै गर्ने सहमति भएको छ। आर्थिक प्रतिकुलतालाई मध्यनजर गरेर डेलिभरीमा केन्द्रित बजेट ल्याउनुपर्छ भन्ने सहमति भएको छ।’

रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नै सम्बोधन गर्ने बताए । उनले सरकारले चाँडै पूर्णता पाउने बताए । गठबन्धन दलबीच कुनै विमति नरहेको समेत प्रष्ट पारे ।