नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर राजनीतक प्रतिसोध साँधियो: बादल पुत्र

बिहिबार, २१ बैशाख २०८०

काठमाडौँ – एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो नाम जोडेर राजनीतक प्रतिसोध साँध्न खोजेको आरोप लगाएका छन्।  प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा  संलग्नता नरहेको दाबी गर्दै आफ्नो नाम जोडेर राजनीतक प्रतिसोध साँध्न खोजेको आरोप लगाएका हुन् ।

मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु, एक विज्ञप्ति जारी गर्दै थापाले भने, आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु।’

उनले आफ्नाविरूद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी रहेको भन्दै आपत्ति जनाएका छन्।

राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढवा दिने होरु भन्ने कुरा बुझ्न जरूरी छ,’उनले उल्लेख गरेका छन्, हामीले गृह मन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं।जनसरोकारको विषयमा कोही सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन।’