देउवालाई सभापतिबाट हटाउन सकिएनः गुरुराज घिमिरे
काठमाडौं— नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी पुस्तान्तरण र रूपान्तरणका लागि शेरबहादुर देउवालाई सभापतिबाट हटाउन खोजेको तर सफल नभएको बताएका छन्।
कांग्रेस रूपान्तरणका लागि विशेष युवा भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले भने, ‘त्यही पुस्तामा होइन अर्कालाई हस्तान्तरण गर्ने होइन। अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर लागेको थियौँ। त्यसको प्रयास हामीले गर्यौँ। हामीले पुस्तान्तरणको लागि भनेर शेरबहादुरदाइलाई हटाउन खोजेकै हो। हामीले सकेनौँ। हाम्रो कोसिस आंशिक रूपमा सफल भयो। शेखर दाइलाई सभापति बनाउन सकेनौँ। उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा बनायौँ। हाम्रो साथ सहयोगले विश्वप्रकाश शर्मा पनि जित्नुभयो।’ उनले अहिले कांग्रेस नीति विहीनतामा डेढ वर्ष चलिरहेको दाबी गरे।