सम्बोधन गर्ने क्रममा ‘माननीय सदस्य’ भनेको भन्दै पूर्व मुख्यमन्त्रले जनाए आपत्ति

बिहिबार, २१ बैशाख २०८०

काठमाडौं— गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखले आफूलाई सम्बोधन गर्ने क्रममा ‘माननीय सदस्य’ भनेकोमा आपत्ति जनाएका छन् ।

अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन सभामुखले बोलाउँदा प्रयोग गरेको भाषाका सम्बन्धमा आपत्ति जनाएका हुन् । म विपक्षी दलको नेता पनि हो, त्यति भन्न पनि सभामुखले सक्नुभएन,’ उनले भने, ‘हामी आग्रहबाट मुक्त हुन सक्छौं कि सक्दैनौं?’ सम्भव भए व्यवहारबाटै परिवर्तन गरौं, नभए कुण्ठा नपालौं भन्ने सुझाव पनि उनले दिए ।