झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएका १२ भारतीय नागरिक पक्राउ

आइतबार, २४ बैशाख २०८०

काठमाडौं— नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको भन्दै पक्राउ गरेको हो । घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए ।