टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
रायमाझीको सातदोबाटोस्थित निजी निवासमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिए संगै उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । हाल उनी सम्पर्कविहीन छन् । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीको खोजी गर्न भनेको थियो ।