हर्क साम्पाङबाट असुरक्षित भयौ भन्दै पत्रकारहरूले गृहमन्त्रीलाइ पठाए ज्ञापन पत्र

शुक्रबार, २९ बैशाख २०८०

काठमाडौँ  –  सुनसरीका पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिरुद्ध पत्रकारहरुले ज्ञापनपत्र बुझाएका छन्।  मेयर हर्क साम्पाङबाट असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्रकारहरुले ज्ञापनपत्र बुझाएका  हुन् । उनीहरूले सुरक्षाको माग गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे मार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

मेयर सम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे, ब्लाष्ट टाइम्स दैनिकका पत्रकार खिलानाथ विक र कपुरी न्युज अनलाइनलाई धम्की दिएर प्रेस स्वतन्त्रताविरुद्ध अभिब्यक्ति दिएर पत्रकारलाई असुरक्षित बनाएकाले सुरक्षाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए।

उनले अराजक गतिविधि गर्दै अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिने मेयर साम्पाङलाई कारबाही गर्न माग गरेका छन्। सुरक्षाको माग गर्दै धरान, इटहरी, इनरुवा, बराहक्षेत्र बाट ५० जनाभन्दा बढी पत्रकार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।