संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसलाई दिने सहमती
काठमाडौँ – संसदीय सुनुवाइ समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ। आइतबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको छलफलमा कांग्रेसको नेतृत्वमा १४ सदस्यीय समिती गठनगर्ने सहमती गर्दै समितिको नेतृत्व कांग्रेसले गर्ने भएको हो।
समितिमा कांग्रेसबाट सभापति सहित ५, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबाट १ जना सदस्य रहनेछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं रक्षामन्त्री पुर्णबहादुर खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबिचको छलफलले सो सहमती गरेको हो।