नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरोद्धारा पाँच दिने राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम संचालन

सोमबार, १ जेष्ठ २०८०

काठमाडौं— नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरोद्धारा पाँच दिने व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम आजदेखी प्यूठानको सरुमारानी गाँउपालिका स्थित दर्भान बजारमा संचालन भएको छ ।

पाँच दिनसम्म चल्ने स्कुलिङमा माक्र्सवादका तिन संघठक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तरगत दूई विश्व दृष्टिकोण, उत्पादन तथा अर्थ प्रणाली र राज्यसत्ता स्थापना गरी रक्षा र विकास सम्वन्धी एकिकृत जनक्रान्तिको स्कुलिङ पठ्यक्रममा आधारित पढाई हुने नेकपा पोलिट व्यूरो सदस्य तथा केन्द्रिय स्कुल विभाग प्रमुख क.ध्रुव सी ले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा यूवा परिचालन विभाग इन्चार्ज क.असल सी ले क्रन्तिकारी विचार सिद्धान्त तथा राजनैतिक कार्यदिशा वदलिदो समय अनुसार विकास र रक्षा गर्दै अन्तत वैज्ञानिक समाजवाद स्थापना गर्न शसस्त्र क्रान्ति नै एकमात्र विकल्प रहेको बताए । त्यस्तै नेकपा का केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभाग सदस्य क.प्रयास सी ले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकोले विभेद रहित सुन्दर र समृद्ध मानव जातीको समाज व्यवस्था वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने पहिलो मापदण्ड भनेको मानसिक समृद्धी भएकोले पार्टीका अगुवा नेता तथा सिंगो कार्यकर्ता पंक्ति वैचारिक रुपमा समृद्ध र शसक्त हुनुपर्ने बताए ।

नेकपा का पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सञ्जिव सी को अध्यक्षतामा भएको व्यूरो स्तरिय स्कुलिङ कार्यक्रमकमा नेकपा केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज क. जागृति सी ले सहभागी हरुलाई कार्यक्रम व्यवस्थापक जिल्ला पार्टीको तर्फबाट स्वागत मनतव्य द्धारा स्वागत गरेका थिए भने पार्टीका केन्द्रिय सदस्य तथा दक्षिणी दाङ्गका इन्चार्ज क. बिक्रमले सन्चालन गरेका थिए । स्कुलिङ कार्यक्रममा पुर्वी र पस्चिम कपिलवस्तु, अर्घाखाँची, दक्षिण दाङ्ग र प्यूठान गरी जम्मा पाँच जिल्लाबाट जिल्ला तहका अगुवा नेता ,कार्यकर्ताहरु को सहभागिता रहेको स्कुलिङ कार्यक्रम जेठ ५ गते सम्म चल्ने नेकपा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सञ्जिव सी ले जानकारी दिएका छन् ।