प्रधानमन्त्रीले गरे भएभरका राजदुतहरुलाइ सिंहदरबारमा एककठ्ठा

सोमबार, १ जेष्ठ २०८०

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित विभिन्न मुलुकका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त छलफल गर्नुभएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उक्त छलफल भएको बुझिएको छ ।

छलफलमा सरकारका मन्त्रीहरु, सचिवलगायत उच्च पदस्थ अधिकारीहरु पनि सहभागीता रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय र विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए।