शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने जस्तो अपराधिक कर्म गरे इतिहासले माफी दिँदैन: रावल
काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन नहुनेमा जोड दिएका छन् । शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउने जस्तो अपराधिक कर्म गरे इतिहासले माफी नदिए बताएका हुन् ।
मंगलबार बिहान ट्विट गर्दै उनले आरोपितलाई जोगाउन खोज्नेलाई इतिहासले माफी नदिने उल्लेख गरेका छन् ।
“नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ,” उनले लेखेका छन्, “राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, सहिदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन ।”