प्रधानमन्त्रीले बोलाए सत्तारुढ १० दलको बैठक

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको जानकारी दिए। छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए । सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । आचार्यको अनुसार छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुनेछ ।