सरकारद्वारा मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरिने

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं— सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिइन् । २०६२र०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।