३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्द गर्ने चेतावनी दिएको छ। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नाउपाले  ३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिनुकासाथै ४ दिन नेपाल बन्द गर्ने चेतावनी दिएको हो। ३ दिनभित्र आयोगको प्रतिवेदन सार्वजनिक नगरे जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने उनले उक्त पार्टीको चेतावनी छ ।

नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरीले भने, ‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन। सिंहदरबारसँग हो। प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ। दोहोर्‍याएर फैसला हुँदैन ।’

लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने चौधरीले बताए।

उनले टीकापुर घटनामा दोषी ठहर भइ जन्म कैदको सजाय काटिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै आजबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताए।