नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँणसहितका आरोपीलाइ थप ३ दिन हिरासतमा राख्ने
काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो प्रहरीको मागलाई सम्बोधन गर्दै जिल्ला सरकारी वकिलको कार्यालयबाट दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।
अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।
प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको सूचना सार्वजनिक गरेको थियो ।