शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्छः प्रदीप ज्ञवाली

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौं— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन् । उनले प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको पनि बताए ।

‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ किनभने यो सानो ठगी, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो,’ उनले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्‍यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’

‘नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । यस प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्छ, भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्छ,’ उनले भने ।