किसानलाई समयमै बीउ र मल उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई समयमै बीउ र मल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले रासायनिक मल कारखाना स्थापनाका लागि अनुसन्धान भइरहेको बताएका छन् ।
प्रतिनिधिसभामा संसदको प्रश्नको उत्तर दिँदै समयमै मलबीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनले जानकारी दिए । यस वर्षको बजेटमा कृषि र किसानलाई उच्च प्राथमिकता दिइने उनको प्रतिबद्धता छ । साथै भारतसँग मलका लागि सम्झौतासमेत भइसकेको बताए । सांसद अनिता देवीले धानको बीउ छर्ने समय आइसक्दा पनि मलबीउ पाउँछौरपाउँदैनौं भनेर किसानहरूले आफूहरूलाई सोधेको प्रश्नको जिज्ञासा राखेकी थिइन् ।