रेशम चौधरीलाई छुटाउने प्रयास भईरहेको छः प्रधानमन्त्री

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशमलाल चौधरी लाई छुटाउने प्रयास गरिरहेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। रेशम चौधरीलाई यसअघि पनि आफूहरुले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै प्रचण्डले अदालतबाट जे आए पनि छिटो फैसला आओस् भनेर आवाज उठाएको पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाबारे प्रश्‍न गर्दै नाउपाका सांसद गंगाराम थारू। तस्वीर स् चन्द्रबहादुर आले
‘म के विश्वास दिलाउन चाहन्छु भने रेशम चौधरीका विषयमा हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो । अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘र अहिले टुंगिएको छ । अब यो वियषयलाई कसरी समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं । मलाइ विश्वास छ लाग्छ, यो विषयमा हामी छिट्टै टुंगोमा हामी पुग्छौं ।’