शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न प्रधानमन्त्रीको आग्रह

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले यसबारे प्रश्न गरेका थिए । जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको कुरा प्रस्ट्याएका छन्। यसलाई अन्तराष्ट्रिय संघ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै उनले भने, ‘यसमा कुनै शंका गर्नु पर्दैन । प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन ।’आफूले गृह मन्त्रीलाई पनि दोषी कोही नछुटुन्, निर्दोष नपरुन भनेर आफूले भनेर प्रष्ट निर्देशन दिएको प्रधानमन्त्रीले जानकारी दिए ।