पूर्वसभामुख अग्निप्रसादको नेतृत्वमा चार पदाधिकारी चीन प्रस्थान

शुक्रबार, ५ जेष्ठ २०८०

काठमाडौं— सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा चार पदाधिकारी चीन भ्रमणमा गएका छन् । दश दिने भ्रमणका लागि पदाधिकारीहरू शुक्रबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका हुन् ।

उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीनको छिन्दू प्रान्तको भ्रमणमा निस्किएका हुन् । भ्रमण टोलीमा अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीसमेत छन् । भ्रमण टोलीमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, प्रदेश अध्यक्षसहित केन्द्रीय नेताहरू रहेको क्रान्तिकारी अध्यक्ष मैनालीले जानकारी दिए ।