अष्ट्रेलिया पुगको आशंका गरिएकी कांग्रेसकी सांसद मञ्जु पनि संसद् बैठकमा उपस्थित

शुक्रबार, ५ जेष्ठ २०८०

काठमाडौं— सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद् बैठकमा उपस्थित भएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका श्रीमान् बालकृष्ण खाँण पक्राउ परेपछि सार्वजनिक सम्पर्कबाट बाहिर भएकी उनी अष्ट्रेलिया पुगको आशंका गरिएको थियो । तर शुक्रबारको संघीय संसदको संयुक्त बैठकमा भने उनी उपस्थित रहेकी छन् । खाँणमाथि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ करोड लिएको आरोप छ । सामाजिक सञ्जालमा उक्त अडियो बाहिरिएको हो । तर यसको सत्यता पुष्टि भएको छैन ।