तिलगंगा अस्पतालले उत्पादन गरेको लेन्स विश्व बजारमा ब्रान्डिङ गर्ने

शुक्रबार, ५ जेष्ठ २०८०

काठमाडौं – सरकारले तिलगंगा आँखा अस्पतालबाट उत्पादन हुने आँखाको लेन्सलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्। मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम अन्तर्गत नेपालमा उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पठाउने विषय नीति तथा कार्यक्रममा परेको हो।

स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्‍याइने छ। यी अभियान अन्तर्गत हिमालको पानी प्रशोधनको व्यवसायीक उत्पादन सहित तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ, नीति तथा कार्यक्रममा उल्लेख छ।

,