एमाले उपमहासचिव विष्णुले सच्याए हर्कमाथि गरेको विवादित टिप्पणी
काठमाडौं— एमाले उपमहासचिव विष्णु रिमालले धरानका मेयर हर्क साम्पाङमाथि गरेको विवादित टिप्पणीलाई सच्याएका छन् ।
उनले ‘बहुलाउनु’ लाई सकारात्मक अर्थमा व्याख्या गर्दै सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् । एउटा भाषणमा रिमालले साम्पाङलाई ‘बहुला टाइपको मेयर’ भनेपछि आलोचना सुरु भएको थियो । आफूमाथि आएका आलोचना स्वीकार्ने बताउँदै उनले लेखेका छन्, ‘हो, अब हामी बहुलाउनै पर्छ ।’ रिमालले धरानका मेयर धरानेलाई पानी खुवाउन ‘बहुलाएर’ लागेको बताएका छन् ।
‘त्यसैले मैले पनि भनेको छु, बहुला पाराले काम गर्ने‘ धरानमा थाहा छैन तर बाहिर पपुलर मेयर ।’ उनले आफू पनि काम गर्दा बहुलाउने मानिस भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ‘नाकाबन्दीका सामना गर्दा बहुलाएरै भिडेको उनको टिप्पणी छ ।