बिभिन्न पार्टीका क्रान्तिकारीहरु नेकपामा धुर्बिकृत हुने लहर नै चलेको छ: विकल्प सी
दोलखा – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पूर्वी ताम्सालिङ्ग ब्युरो इञ्चार्ज विकल्प सीले बिभिन्न पार्टीका क्रान्तिकारीहरु नेकपामा धुर्बिकृत हुने लहर नै चलेको बताएका छन् । सनिबार दोलखाको वैतेश्वर गाउँपालिकाको वडा भेलालाई सम्बोधन गर्दै उनले एमाले, कांग्रेस, माओवादी, मधेशवादी पार्टीहरूमा रहेका क्रान्तिकारी व्यक्तिहरु आफ्नो पार्टीमा आउने लहर नै चलेको बताएका हुन् ।
उक्त भेलाको अवसरमा एमाले परित्याग गरि २ जना, माओवादी परित्याग गरि ५ जना, चुरेभावर पार्टी परित्याग गरि १ जना, स्वतन्त्र व्यक्तिहरु ७ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराउदै भेलाका प्रमुख अतिथि विकल्प सीले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । भेलामा आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्दै विकल्प सीले एमाले, कांग्रेस, माओवादी, मधेशवादी पार्टीहरूमा रहेका क्रान्तिकारी व्यक्तिहरु आफ्नो पार्टीमा आउने लहर नै चलेको बताए ।
उनले नेपालमा आफ्नो पार्टीले मात्रै देश र जनताको हित गर्ने भएकोले सबै क्रान्तिकारीहरु आफ्नो पार्टीमा आउन अपिल गरे । मन्तव्यका क्रममा उनले देशमा चरम रूपमा भ्रष्टाचार, अनियमित, महंगी बढेकाले त्यसका विरुद्धमा चर्को संघर्षमा उत्रन युवाहरूलाई अपिल समेत गरे ।
उनले दलाल सत्ताले वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय रुपमा गरेका सबैखाले अन्याय, अत्याचारका विरुद्धमा सशक्त ढंगले लड्नका निमित्त युवाहरूलाई निर्देशन दिएका थिए । आफ्नो मन्तव्यका क्रममा उनले एमसीसी र एसपीपीका विरुद्धमा, भ्रष्टाचारका विरुद्धमा, चर्को महंगीका विरुद्धमा, बैंकको चर्को ब्याजदरका विरुद्धमा, लघुबित्तको चर्को ब्याजदरका विरुद्धमा, सहकारीमा भएका भ्रष्टाचारहरु र चर्को ब्याजदरका विरुद्धमा आफ्नो पार्टी लडिरहेको र अबका दिनहरूमा सशक्त ढंगले लड्नुपर्ने बताए ।
उक्त भेलाका अतिथि, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज अर्जुन सीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अब देश बनाउने जिम्मा आफ्नो पार्टीको काधमा आएकोले युवाहरु तयार रहन निर्देशन गरे । उनले भने, ‘स्थानीय निकायमा भएका भ्रष्टाचार, अनियमितता विरुद्धमा, सहकारीहरुको भ्रष्टाचार, अन्याय, अत्याचारका विरुद्धमा, एनजीओ, आइएनजिओहरुको लुटतन्त्रका विरुद्धमा, बैंकको चर्को ब्याजदरका विरुद्धमा, लघुबित्तको अत्याचारका विरुद्धमा दोलखा पार्टीले संघर्ष गरिरहेको र अबको आन्दोलन सशक्त रुपले अगाडी बढाइने बताए ।
रामकाजी सीको संचालनमा भएको उक्त भेलामा पार्टीका सल्लाहकार समिति सदस्य यादव सी, दोलखा जिल्ला सचिवालय सदस्यहरु राजन सी र सीताराम सीको आतिथ्यता रहेको थियो ।
उक्त भेलाले रामकाजी सीको नेतृत्वमा (सेक्रेटरी) मा ७ सदस्यीय वैतेश्वोर गाउँपालिका ५ नं: वडा समिति निर्वाचित गरेको छ । त्यस्तै रघु सीको नेतृत्व
(सेक्रेटरी) मा ३ सदस्यीय ६ नं:वडा समिति निर्वाचित गरेको छ । त्यस्तै धुर्व सीको नेतृत्वमा ४ नं: वडा भेला तयारी गर्ने निर्णय गरेको छ ।