शरणार्थी प्रकरणमा नो इफ नो बट सबै माथि छानबिन गरेर कारबाही गर्नुपर्छः शिशिर खनाल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नो इफ नो बट सबै माथि छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन् ।
खनालले प्रधानमन्त्रीले देखाउने भनिएको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाएको आरोप पनि लगाए। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा देखाउने भनिएको फिल्म बकवास भनिरहेको टिप्पणी गरे।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लकब्लस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलर हेरेर उत्साहित भइयो तर यो फिल्म को दृश्य यति काँटछाँट गरिँदै छ कि फिल्म त सारै बकवास बनिरहेको छ।’ उनले थपे, ‘आइजिपी, पूर्व सचिव, पूर्व मेयर पूर्व प्रधानमन्त्री समेतको नाम जोडिएको छ। नो इफ नो बट सबै माथि छानबिन गरेर कारबाही गर्नुपर्छ।’