नेपाल टेलिकमद्वारा गलत सूचनाको भ्रममा नपर्न सबैलाई अनुरोध

बुधबार, १० जेष्ठ २०८०

काठमाडौं— नेपाल टेलिकमले कर्मचारी आवश्यक भन्दै गलत सूचना सम्प्रेषण भएका र त्यस्तो कुनैपनि गलत सूचनाको भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ ।

टेलिकमले केही दिन यता ‘ विभिन्न शाखाहरुमा काम गर्न Vacancy खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताए् । उनले भने, कम्पनिले कर्मचारी आवश्यकता सम्बन्धी सूचना राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न पनि अनुरोध गर्दछौ ।