नेकपा एसद्वारा जेठ १६ मा सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली गरिने

बिहिबार, ११ जेष्ठ २०८०

काठमाडौं— सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।

पार्टीको मोर्चा संगठन विभागको बैठकबाट यही जेठ १६ गते अपराह्न ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । काठमाडौंमा माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरिएको छ । पार्टीका नेता–कार्यकर्ताले यसअघि काठमाडौंसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेका थिए ।