प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्ष दलको हिसाबले एमालेको पूर्णसमर्थन रहनेछः प्रदीप ज्ञवाली
काठमाडौं— पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख प्रतिपक्ष दलको हिसाबले एमालेको पूर्णसमर्थन रहने कुरा बताएको छन् ।
उनले सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको छलफलमा एमालेले नेपालको राष्ट्रियहितमा दृढताको साथ उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्णसमर्थन रहने बताएका हुन् । उनले भने, ‘बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा हामी एकैठाउँमा उभिनुपर्छ । भारत भ्रमणको क्रममा २०१६ मा आवश्यक सुझाव दिन भनेर बनाइएको रिपोर्ट तयार भएको छ । तर, भारतकै कारणले सम्भव हुन सकेको छैन । त्यसैले ईपीजी प्रतिवेदन बुझ्न विशेष जोड दिनुपर्छ । त्यो कार्यान्वयन हुँदा मात्रै दुई देशको सम्बन्ध सुदृढ हुन्छ ।’
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्ने तथ्यको आधारमा प्रष्ट भएको प्रष्ट्याएको बताए ।ज्ञवालीले भने, ‘त्यो भूभाग नेपालले प्रयोग गर्नेगरी टुंग्याउनुपर्छ । दुई देशका सचिवहरूका संयन्त्रण टुंग्याउने भन्ने समझदारी छ । त्यो कार्यान्वयन हुनुपर्छ ।’ त्यसबाहेक नेपाल भारत व्यापारको बारेमा पनि सहमति गर्ने सुझाव दिएको बताए । वाणिज्य सन्धिको पूर्नरावलोकन र नेपालका वस्तुहरु निर्वाध निर्यातमा पहल गर्न आग्रह गरे ।
उनले भने, ‘पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ । पानीको बाँडफाँट टुंगिएको छैन । महाकाली सीमा नदी हो त्यसमा नेपालको आधा पानीमा हक लाग्छ । त्यसलाई सुनिश्चित गर्नुपर्छ ।’ अरु केही ऊर्जाको भारतले होल्डमा राखेको परियोजना अगाडि बढाउन पनि भ्रमणको क्रममा प्रधानमन्त्रीले पहल गर्न आग्रह गरेको बताए ।