७ दिनभित्र संसदीय समितिको नेतृत्वमा सहमति नभए निर्वाचनमा जानुहोस्ः देवराज घिमिरे

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं— सभामुख देवराज घिमिरेले ७ दिनभित्र संसदीय समितिको नेतृत्वमा सहमति नभए निर्वाचनमा जान सुझाव दिएका छन्।

आज बसेको कार्य व्यवस्था परामर्श समितिको आजको बैठकमा सभामुखले यस्तो बताएका हुन् । उनले संसदीय समितिको नेतृत्वबारे दलहरूको गम्भीर ध्यानाकर्षण गराउँदै संसदीय समितिहरूको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको बताए।

मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचनपछि पुस २५ गते पहिलो बैठक बसेको थियो। चैत १९ गते प्रतिनिधि सभा नियमावली २०७९ पारित, वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन, जेठ २ गते प्रतिनिधि सभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो।

जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) पारित, दुई संयुक्त समिति गठनका लागि बाटो खुला, भए पनि संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूको मात्रै मनोनयन भएको थियो।