सूचना प्रविधिमा विदेशी लगानीको न्यूनतम सीमा हटाइयो
काठमाडौं – सरकारले सूचना प्रविधिमा वैदेशीक लगानीको न्यूनतम सीमा हटाएको छ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताए ।
यस्तै सूचना प्रविधिमा वैदेशिक लगानीको नयूनतम सीमा हटाउने बताएका हुन्। सूचना प्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने उनले बताए ।
यस्तै प्रचलित कानुन अनुसार अनुमति लिनुपर्ने उद्योग बाहेक विदेशी लगानी खुला गरिएका उद्योगमा लगानी भित्र्याउन स्वाचालित प्रक्रियाबाट स्वीकृति दिने उनले बताए। विदेशी लगानीबाट आर्जित आय पुनस् लगानीमा स्वीकृत नचाहिने व्यवस्था गर्ने उनले बताए ।