भरतपुर महानगरद्वारा नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु

बिहिबार, १८ जेष्ठ २०८०

काठमाडौं— भरतपुर महानगरले नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु गरेको छ । बिहीबार विहानबाट मेयर रेनु दाहालले स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अभियानको सुरुवात गरेकी हुन् ।

मेयर दाहालले महानगरभित्र सार्वजनिक जग्गा संरचना गर्न वडा नम्बर १ बाट काम थालनी भएको बताइन् । अवैध संरचना बनाउने आफैले हटाउन आग्रह गर्दै उनले अटेर गरे बल प्रयोग गरिने बताइन् ।