नयाँ संसद भवनको काम निर्धारित समय भित्रै सक्न सभामुख घिमिरेको निर्देशन

बिहिबार, १८ जेष्ठ २०८०

काठमाडौं— सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्रै सक्न निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको पनि बताए। उनले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे। उनले विगतका प्रतिकूलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए। उनले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताए। उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउँदै आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुनपर्ने बताए । उनले संसद भवनि निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिए।