उदयपुर जिल्लाको विशेष बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न

शुक्रबार, १९ जेष्ठ २०८०

उदयपुर – नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्लाको विशेष बैठक सम्पन्न भएको छ । उदयपुर जिल्ला सेक्रेटरी जित बहादुर सीको अध्यक्षतामा बसेको बैठकले पार्टीको ९ ओैं केन्द्रीय समितिको एकताको विशेष बैठक र सगरमाथा व्युरोको बैठकले लिएका निर्णयहरूलाई कार्यन्वयनमा लैजाने लगाएतका महत्वपुर्ण निर्णय गर्दै सम्पन्न गरेको हो ।

शुक्रबार सम्पन्न जिल्लाको विशेष बैठकको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा सगरमाथा ब्यूरो ईन्चार्ज शैलेश सी ले पार्टीको ९ ओैं केन्द्रीय समितिको एकताको विशेष बैठक र सगरमाथा व्युरोको बैठकले लिएका निर्णयहरूलाई कार्यन्वयनमा लैजाने लगाएतका बिषयहरु राखेका थिए ।

बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज अमृत सी , सगरमाथा व्युरो उत्पादन समिति सदस्य मीन प्रसाद सी, प्रतिनिधि समिति सदस्य तथा ,ब्युरो कार्यालय सचीव दुर्गा सी, खोटाङ सेक्रेटरी सुदिप सी को प्रमुख आतिथ्यता रहेको थियो।

बैठकमा उपस्थिति सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुले आ- आफ्नो गाउँ कमिटीका इन्चार्ज सेक्रेटरीहरूले आ-आफ्नो इलाकाको रिपोर्टिङ गरेका थिए भने प्रमुख अतिथि तथा अतिथिहरुले एकिकृत जनक्रान्तिको कार्यभार पुरा गर्न ल्याएको ६ महिने कार्ययोजना दृढता पुर्बक कार्यन्वयन गर्न प्रशिक्षणत्मक मन्तव्य राखेका थिए ।

प्रशिक्षण मन्तव्य राख्दै प्रमुख अतिथि शैलेश सी ले दालाल संसदीय व्यवस्था पुर्ण रूपमा असफल भैसकेकाले पार्टीका सम्पुर्ण शक्ति समाजवाद प्राप्तिक्को अभियानमा एकताबद्ध भएर लाग्न् अनुरोध गरे । उनले काम नगर्ने ठूलो कुरा मात्रै गर्ने जो कोहि नेताकार्यकर्ता भए पनि छुट नदिने र पार्टीले ल्याएको कार्यनीतिलाई कडाई साथ पालना गर्न निर्देशन दिए ।

विशेष बैठकको संचालन जिल्ला सेक्रेटरी जित बहादुर सीले गरेका थिए भने पार्टीको केन्द्रीय सर्कुर र प्रतिवेदन साथै व्युरोको सर्कुलर बाचन उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले गरेका थिए ।