एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपाने बने एमाले केन्द्रीय सदस्य

शुक्रबार, १९ जेष्ठ २०८०

काठमाडौँ – केही समय अगिमात्र एकीकृत समाजवादी परित्याग गरि एमाले प्रवेश गरेका मुकुन्द न्यौपाने एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।  एकीकृत समाजवादीसहित अरु पार्टीबाट आएकाहरुलाई केन्द्रीय सदस्य बनाउने क्रममा न्यौपाने बनाएको केन्द्रीय सदस्यमा मनोनित  भएका हुन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो भने समाजवादीबाट फर्किएका चुडामणि विक जंगलीलाई पनि एमालेले केन्द्र सदस्य बनाएको छ ।

उनीहरुसहित एमालेले १३ जनालाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार न्यौपाने र जंगलीसहित नेताहरु प्रेमबहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यामबहादुर परियार, र सुरेन्द्र मानन्धर केन्द्रीय सदस्य भएका छन्।