ममाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार छुः हरिकृष्ण कार्की

शुक्रबार, १ असार २०८०

काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहेको बताएका छन् ।

संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए । जवाफमा उनले सो आरोपहरुमा कुनै सत्यता नभएको बताए । उनले भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’